प्रधानमन्त्रीलाई समवेदना दिन नर्भिक अस्पताल पुगे नेताहरु



काठमाडौं । प्रधानमन्त्री पत्नी सिता दाहालको निधनसँगै राजनीतिक दलका शीर्ष नेता तथा नेकपा माओवादीका कार्यकर्ता नर्भिक अस्पताल पुगेका छन् ।

कांग्रेस सभापति शेरबहादुर देउवा पत्नीसहित नर्भिक अस्पताल पुगेका छन् ।

त्यस्तै पूर्वप्रधानमन्त्री माधव कुमार नेपाल, डा बाबुराम भट्टराई पनि प्रधानमन्त्री पुष्पकमल दाहाललाई समवेदना दिन अस्पताल पुगेका छन् । त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने सहितका नेताहरु अस्पताल पुगेका छन् ।


क्लिकमान्डु