मिटरब्याज पीडित समस्या समाधान आयोगको अवधि थप



काठमाडौं । मन्त्रिपरिषद बैठकले अनुचित लेनदेन (मिटरब्याज पीडित) समस्या समाधान आयोगको अवधि अर्को तीन महिना थप गरेको छ ।

सरकारले तीन महिनाको समयावधिसहित गठन गरेको आयोगले अझै काम सम्पन्न गर्न समय लाग्ने भएपछि अर्को तीन महिना म्याद थपिएको हो ।

चैत २० गते सर्वोच्च अदालतका पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको अध्यक्षतामा गठन गरिएको आयोगमा पूर्वएआईजी उत्तमराज सुवेदी र पूर्व सहमहान्यायधिवक्ता गणेशबाबु अर्याल सदस्य छन् ।


क्लिकमान्डु