मनाङ एयर दुर्घटना स्थल (तस्बिरहरु)



काठमाडौं । मनाङ एयरको हेलिकप्टर दुर्घटनामा ६ जनाको मृत्यु भएको पुष्टि भएको छ । मनाङ एयरको कल साइन ९ एन एन एमभी हेलिकोप्टर सोलुखुम्बुको लिखुपिके गाउँपालिकामा दुर्घटनामा परेको थियो ।

दुर्घटनामा परी ६ जनाकै मृत्यु भएको कोशी प्रदेश प्रहरी कार्यालयका प्रमुख डीआइजी राजेशनाथ बास्तोलाले बताए । उनले एक जनाको शव टुक्राटुक्रा अवस्थामा फेला परेको बताए ।

क्याप्टेन सीबी गुरुङले उडान भरेको हेलिकप्टरमा पाँचै जना मेक्सिकन नागरिक सवार थिए ।

क्याप्टेन सीबी गुरुङले उडान भरेको हेलिकप्टरमा पाँचै जना मेक्सिकन नागरिक सवार थिए । हेलिकप्टरमा सवार फर्नान्डो जी सिम्फुएनटेस् र स्माइल रिन्कोन पुरुष हुन् भने साब्ब्रिक्स गोन्जालेक्स, ओलाचुलुक्स गोन्जालेक्स र मारियाजोसे जी सेमेन्टस महिला हुन् ।

मंगलबार बिहान सोलुखुम्बुको सुर्केबाट काठमाडौंका लागि १० बजेर ५ मिनेटमा उडेको हेलिकप्टर १० बजेर १३ मिनेटपछि सम्पर्कविहीन भएको थियो ।

उडान भरेको ८ मिनेटमै हेलिकप्टर सम्पर्कविहीन भएको हो । हराएको कल साइन ९ एन एन एमभी हेलिकोप्टर खोज्न अल्टिच्युड एयरको हेलिकप्टर परिचालन गरिएको थियो ।


क्लिकमान्डु