दुई वटा लघुवित्त मर्ज भएर असार ३१ गतेबाट एकीकृत कारोबार गर्ने



काठमाडौ‌ । दुईवटा लघुवित्त वित्तीय संस्था मर्जर भएर असार ३१ गतेदेखि एकीकृत कारोबार सुरु गर्ने भएको छ ।

नयाँ सारथी लघुवित्त वित्तीय संस्था र विजय लघुवित्त संस्था एक आपसमा मर्जर भएर असार ३१ गतेदेखि एकीकृत कारोबार गर्ने भएका छन् ।
नवलपरासीको विजय लघुवित्त र काभ्रेपलाञ्चोकको नयाँ सारथी लघुवित्त मर्जरमा जान लागेका छन् ।

दुवै कम्पनीलाई एकीकृत कारोबार गर्न नेपाल राष्ट्र बैंकले असार १५ गते अन्तिम स्वीकृति दिइसकेको छ । दुवै एक भएपछि विजय लघुवित्त वित्तीय संस्थाको नामबाट एकीकृत कारोबार हुनेछ ।

चैत २८ गते सम्पन्न साधारण सभाले मर्जमा जाने प्रस्ताव पारित गरेको छ । दुवै कम्पनी १ः१ अनुपातमा मर्ज भएर एकीकृत कारोबार सुरु गर्न लागेका छन् ।


क्लिकमान्डु