२ दिन लक्ष्मी बैंकका सबै शाखा बन्द हुने



काठमाडौं । लक्ष्मी बैंकको सबै कार्यालय असार २७ र २८ गते बन्द हुने भएका छन् ।

बैंकका अनुसार लक्ष्मी र सनराइज बैंक गाभिई असार २९ गतेदेखि संयुक्त रुपमा कारोबार गर्ने भएकाले दुई दिन बन्द हुन लागेको हो ।

बैंकका अनुसार मर्जर सम्बन्धी डेटा सार्नु पर्ने भएकाले बैंकका सम्पूर्ण प्रणालीहरु बन्द हुने भएका हुन् । यो अवधिमा बैंकबाट प्रदान गरिदै आएको क्रेडिट कार्ड बाहेकको सबै सेवा बन्द हुने छ ।


क्लिकमान्डु