पत्नीसहित पशुपति जाने ओलीको कार्यक्रम किन भयो स्थगित ?



काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पशुपतिनाथ मन्दिरमा पूजा गर्ने कार्यक्रम स्थगित भएको छ ।

सोमबार बिहान पत्नी राधिकासहित ओलीले पशुपतिमा पूजा गर्ने तयारी थियो । तर उनको सचिवालयले पशुपति जाने कार्यक्रम स्थगित भएको जनायो । पूजाअर्चना गर्न जाने कार्यक्रम स्थगित गर्नुको कारणबारे भने केही खुलाइएको छैन ।

ओली प्रधानमन्त्री भएका बेला पशुपतिनाथको जलहरीमा सुन राखिएको थियो । जलहरीमा सुन राख्ने क्रममा तोकिएको परिमाणमा सुन नभएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जाँच गरिरहेको छ ।


क्लिकमान्डु