प्रधानमन्त्री र शेरबहादुरसँगको छलफलपछि ओलीले भने: भरे देख्नुहुन्छ !



काठमाडौं । तीन दलका शीर्ष नेताहरूबीच सिंहदरबारमा भएको छलफल सकिएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सत्तारुढ दलबाट प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, कांग्रेस सभापति शेरबहादुर देउवा तथा प्रमुख प्रतिपक्षी नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीबीच छलफल भएको थियो । बैठक सकिएसँग नेताहर बाहिरिएका छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहालको अभिव्यक्तिपछि एमालेले सदन अवरोध गरेपछि त्यसको समाधानका लागि प्रधानमन्त्रीले छलफल आयोजना गरेका थिए ।

‘आजको बैठकमा के सहमति भयो ? सदन खुल्छ ?’ भन्ने सञ्चारकर्मीको प्रश्नमा ओलीले भने, ‘भरे देख्नुहुन्छ ।’

प्रधानमन्त्रीको अनुरोधमा सभामुख देवराज घिमिरेले सदन २ घण्टा पछि सारेका छन् ।

एमाले प्रधानमन्त्रीले राजीनामा गर्नुपर्ने माग गरेको छ ।

केही दिन अघि प्रचण्डले भारतीय व्यवसायी सरदार प्रितम आफूलाई प्रधानमन्त्री बनाउन पटक पटक दिल्ली गएको अभिव्यक्ति दिएपछि एमालेले राजीनामा मागिरहेको छ ।


क्लिकमान्डु