तीन दलका शीर्ष नेताबीच छलफल



काठमाडौं । तीन दलका शीर्ष नेताहरुबीच छलफल सुरु भएको छ । प्रधानमन्त्री कार्यालय सिंहदरबारमा सत्तारुढ दुई दल र प्रमुख प्रतिपक्षी दलबीच छलफल सुरु भएको हो ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अभिव्यक्तिलाई लिएर एमालेले निरन्तर सदन अवरोध गरेपछि त्यसको समाधानका लागि
प्रधानमन्त्री प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा र विपक्षी दलका नेता केपी शर्मा ओली छलफलमा जुटेका हुन् ।

आफूलाई प्रधानमन्त्री बनाउन एक भारतीय व्यापारी केही पटक दिल्लो गएको अभिव्यक्ति प्रधानमन्त्रीले दिएपछि एमालेले त्यसको बिरोध गरिरहेको छ र उनको राजीनामा माग गर्दै संसद अवरुद्ध गरेको छ ।


क्लिकमान्डु