राष्ट्र बैंकले १० अर्बको विकास ऋणपत्र बिक्री गर्ने



काठमाडौं । नेपाल राष्ट्र बैंकले १० अर्ब रुपैयाँको विकास ऋणपत्र बिक्री गर्ने भएको छ । ६ वर्ष अवधिका लागि विकास ऋणपत्र ३०८६ ‘च’ बिक्री गर्न लागेको हो ।

यसको बोलकबोल बिहीबार ३ बजे हुनेछ । ब्याजदर पनि बोलकबोलको माध्यमबाट निर्धारण हुनेछ । यसको खरिद बैंक तथा वित्तीय संस्था, गैर बैंक तथा वित्तीय संस्था, बीमा कम्पनी, संगठित संस्था वा नेपाली नागरिकले खरिद गर्न पाउनेछन् । यो ऋणपत्र धितो राखी कर्जा लिन दिन पाउने छन् ।

ऋणपत्र असार २२ गते निष्काशन हुनेछ । यसको साँवा २०८६ असार २२ गते भुक्तानी गर्ने छ । यसको ब्याज अर्धबार्षिक रुपमा हुने र आर्जिन ब्याजमा ब्याजकर लाग्ने छ । ऋणपत्र खरिद गर्न चाहने प्रतिस्पर्धी तथा अप्रतिस्पर्धी रुपमा सहभागी हुन सक्नेछन् ।
प्रतिस्पर्धीका लागि ८५ प्रतिशत र अप्रतिस्पर्धीलाई १५ प्रतिशत छुट्याएको छ । ऋणपत्रमा घटीमा ५० हजार र बढीमा ५० हजारले माग गर्दा निःशेष माग जाने अंकमा हुनुपर्ने छ ।


क्लिकमान्डु