एनआईसी एशिया बैंकले नागरिक लगानी कोषमा रहेको २४ हजार कित्ता संस्थापक सेयर बिक्री गर्ने
काठमाडौं । एनआईसी एशिया बैंकले नागरिक लगानी कोषमा रहेको आफ्नो २४ हजार संस्थापक सेयर बिक्री गर्ने भएको छ ।
त्यसका लागि असार २० गतेदेखि २७ गतेसम्म गोप्य शिलबन्दी आव्हान गरेको छ ।
बैंकले प्रतिकित्ता न्यूनतम १०४५ रुपैयाँमा बिक्री गर्ने बैंकको निर्णय अनुसार प्रचलित कानून बमोजिम योग्य लगानीकर्ताहरुले असार २७ गतेसम्म कार्यालय समय भित्र के कति दरभाउमा लिन कबुल गर्ने हो गोप्य शिलबन्दी बोलपत्र आवेदन पेश गर्न भनेको छ ।
उक्त सेयर बैंक तथा वित्तीय संस्थार बिमा कम्पनी बाहेकका अन्य कम्पनी तथा व्यक्तिहरु सहभागी हुन सक्ने छैनन् ।आवेदकको प्रबन्धपत्र, नियमावलीमा सेयर खरिद बिक्री गर्न सक्ने व्यवस्था रहेको हुनुपने छ ।
सेयर खरिदका लागि बोलकबोल गर्दा न्यूनतम एक हजार कित्ता वा सो भन्दा माथि १०० ले भाग जाने गरी अधिकतममा माथी उल्लेखित सम्पूर्ण कित्ता सेयरका लागि आवेदन दिन सकिने छ ।
असार २० गते पश्चात सम्बन्धित कम्पनीबाट घोषणा हुने हकप्रद सेयर, बोनस तथा लाभांश स्वीकृत आवेदनहरुले पाउनेछन् । स्वीकृत आवेदन बैंकको निर्णय अनुसार तीन कार्यदिन पनि बाँडफाँट गरिने छ ।
बोलपत्र आवेदन फारम एनआईसी एशिया क्यापिटल ट्रेड टावर थापाथली तथा बैंकको कर्पोरेट कार्यालय थापाथली, शाखा कार्यालय विराटनगर, विरगंज, पोखरा, बुटवल, धनगढी र सुर्खेतमा दिन सकिने छ ।