विजय लघुवित्त र नयाँ सारथी लघुवित्तलाई मर्जरमा जान राष्ट्र बैंकले दियो अन्तिम स्वीकृति
काठमाडौं । विजय लघुवित्त वित्तीय संस्था र नयाँ सारथी लघुवित्त वित्तीय संस्था एक आपसमा मर्जमा जानका लागि नेपाल राष्ट्र बैंकले अन्तिम स्वीकृति दिएको छ ।
राष्ट्र बैंकको स्वीकृतिसँगै दुवै संस्थालाई मर्जरमा जान असार १५ गते अन्तिम स्वीकृति दिएको हो । गत चैत २८ गते सम्पन्न साधारण सभाले दुवै संस्था एक आपसमा मर्जमा जाने प्रस्ताव पारित गरेका थिए ।
दुई संस्थाबीच गाभ्ने गाभिने मर्जरसम्बन्धी समझदारी पत्रमा मंसिर २६ गते नै हस्ताक्षर भइसकेको छ । दुवै संस्था १ः१ अनुपातमा मर्ज हुन लागेका हुन् ।