मकर्पोरेट पे मार्फत जेठ महिनामा ५० अर्ब रुपैयाँभन्दा बढीको कारोबार



काठमाडौं । कर्पोरेट पे प्रणालीले चालु आर्थिक वर्षको जेठ महिनामा ५० अर्ब रुपैयाँभन्दा बढीको कारोबार फर्छ्यौट गरेको छ, जुन कर्पोरेट पे सञ्चालन भएको माघ २०७७ महिनादेखि यताको सबैभन्दा अधिक मासिक कारोबार रकम हो ।

गत आर्थिक वर्ष कुल १०९.५ अर्ब बराबरको भुक्तानी कारोबार फर्छ्यौट भएको कर्पोरेट पेमा चालु आर्थिक वर्षको जेठ मसान्तसम्म भने ४२१ अर्ब रुपैयाँभन्दा बढीको भुक्तानी कारोबार पछर््यौट भइसकेको छ । बैंक÷वित्तीय संस्थाहरुका साना तथा मझौला व्यावसायिक तथा विभिन्न संस्थागत ग्राहकहरुले सहजरुपमा कर्पोरेट पे मार्फत् डिजिटल भुक्तानी गर्न सक्ने हुँदा यसको कारोबार संख्या दुई गुणाले वृद्धि भएको हो ।

हाल शैक्षिक संस्थाहरु, कन्स्ट्रक्शन कम्पनीहरु, ट्राभल व्यवसायीहरु, रिटेल व्यवसायीहरु लगायतका विभिन्न संस्थागत ग्राहकहरुले कर्पोरेट पे प्रयोग गर्ने गरेका छन् । ४७ बैंक वित्तीय संस्थामार्फत् उक्त प्रणाालीमा बैंक÷वित्तीय संस्थाका ७,७०० भन्दा बढी व्यावसायिक ग्राहकहरु आबद्ध भई कारोबार गर्दै आएका छन् ।

एउटै प्ल्याट्फर्ममा एकभन्दा बढी बैंक खाताहरु लिन्क गरी कारोबारहरु गर्न सक्ने व्यवस्था रहेको यस प्रणाली मार्फत फण्ड ट्रान्स्फर, तलब भुक्तानी, भेण्डर पेमेन्ट, नेपाल सरकारको राजस्व भुक्तानी लगायत नेपाल आयल निगम, भन्सार विभाग, बीमा समिति, कर्मचारी सञ्चय कोष, सामाजिक सुरक्षा कोष, नागरिक लगानी कोष तथा अन्य विभिन्न सेवा सम्बन्धी भुक्तानीहरु उपलब्ध रहेका छन् । साथै यस प्रणालीमा युटिलीटी तथा क्रेडिटरहरुलाई बल्क भुक्तानी, फण्ड म्यानेजमेन्ट लगायतको थप सुबिधा रहेको छ ।

प्रणालीमा रियल टाइममा प्रतिकारोबार २० लाख रुपैयाँसम्म र नन–रियल टाइम कारोबारको हकमा २० करोड रुपैयाँसम्म गर्न सकिन्छ । उक्त प्रणाालीमा व्यावसायिक ग्राहकहरुलाई भुक्तानी कारोबार सुरक्षित रुपमा गर्नको लागि आवश्यक मल्टी फ्याक्टर अथेन्टिकेशन तथा अथोराइजेशनको समेत उपयुक्त व्यवस्था रहेको छ । साथै व्यावसायिक ग्राहकहरुले बैंक खाता, रकम वा कारोबारको किसिममा आधारित विभिन्न खाता सञ्चालनका आदेशहरू सेट गरी उच्च स्तरको नियन्त्रण र जोखिम व्यवस्थापन पनि गर्न सक्दछन् ।


क्लिकमान्डु