प्रिमियम मूल्यमा घोराही सिमेन्टको आईपीओ भर्ने आज अन्तिम दिन



काठमाडौं । घोराही सिमेन्टले प्रिमियम मूल्यमा निष्कासन गरेको साधारण सेयर आईपीओमा आवेदन दिने आज अन्तिम दिन हो । आईपीओमा आज कार्यालय समयभित्र मात्रै आवेदन दिइ पाइने छ ।

कम्पनीले जेठ ३२ गतेदेखि सर्वसाधारणका सय रुपैयाँ अंकित मूल्यमा ३३५ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता ४३५ रुपैयाँका दरले ६९ लाख ११ हजार ६७० कित्ता सेयर निष्कासन गरेको हो । आईपीओमा न्यूनतम १० देखि अधिकतम १० लाख कित्तासम्मका लागि आवेदन दिन सकिनेछ ।

लगानीकर्ताले सी–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र मेरो सेयरमार्फत आवेदन दिन सकिने छ । यसको बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिङ र हिमालयन क्यापिटल रहेको छ ।


क्लिकमान्डु