एफपीओ र मर्जरबाट प्राप्त लाभमा कर लगाउनु सरकारको अपरिपक्व निर्णय, राष्ट्र बैंक बोल्नुपर्छः पूर्वगभर्नर रावल
काठमाडौं । पूर्वगभर्नर तिलक रावलले नेपालका लागि सन्तुलित मौद्रिक नीति आवश्यक रहेको बताएका छन् । त्यसमा अन्तरिक तथा बाह्य अवस्था पनि अनुगमन गरिरहनु पर्ने उनले बताए ।
रुस र युक्रेनको युद्धको असर हाम्रो अर्थतन्त्रमा र उपभोक्तमा परेको भन्दै उनले उत्पादनमा जोड दिनुपर्ने धारणा राखे ।
अर्थमन्त्री भएपछि सबैको ध्यान करमा जाने गरेको भन्दै पूर्वगभर्नर रावलले यस्तो हुनुको कारण के हो भन्दै प्रश्न गरे ।
अहिले ब्याजमा कर लाउँदा बजारमा तरलता अभाव भएको रावलले बताए । अहिलेका अर्थमन्त्रीले यसअघिका सबै अर्थमन्त्रीलाई माथ खुवाउने गरि कर लगाउन थालेको रावलले बताए ।
मर्जर र एफपीओमा कर लगाउँदा असर देखिने उनले बताए । महालेखाले कर लगाउन भनेको भनेर कर लगाए पनि निकै उच्चस्तरीय अध्ययन समितिले अनुसन्धान गर्नुपर्ने उनको भनाइ थिए।
यसरी कर थोपर्दा बैंक तथा वित्तीय संस्थालाई असर पर्ने उनको भनाइ थियो । यसमा राष्ट्र बैंकको भूमिका महत्वपूर्ण हुने उनले बताए ।