मुख्य सचिवमा वैकुण्ठ अर्याल नियुक्त



काठमाडौं । मुख्य सचिवमा वैकुण्ठ अर्याल नियुक्त भएका छन् ।

बिहीबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले अर्याललाई मुख्य सचिवमा नियुक्त गरेको हो ।

हालका मुख्य सचिव शंकरदास वैरागीलाई भने राष्ट्रिय सुरक्षा सल्लाहकार नियुक्त गरिएको छ । वैरागीले ३ महिनापछि अवकाश पाउँदै छन् ।

अर्याल यसअघि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सचिव थिए । बिहीबारको मन्त्रिपरिषद्को बैठकमा अर्याल मुख्य सचिवका रूपमै बसेका थिए ।

त्यसअघि उनी सञ्चार मन्त्रालयको सचिव थिए भने सहसचिवका रुपमा अर्थ मन्त्रालय हुँदा लामो समय बजेट महाशाखा र वैदेशिक सहायता समन्वय महाशाखा प्रमुख भएर काम गरेका थिए ।


क्लिकमान्डु