प्रधानमन्त्रीको भारत भ्रमणको उपलब्धी १५ वटा राँगा: ओली



काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणको उपलब्धी १५ वटा राँगा ल्याउनुमात्र भएको टिप्पणी गरेका छन् ।

सोमबार प्रतिनिधिसभामा समय लिएर बोल्दै प्रमुख प्रतिपक्षी दलका नेता ओलीले प्रधानमन्त्रीको भारत भ्रमणमा १५ वटा राँगा ल्याउनुबाहेक अरु कुनै उपलब्धी हासिल नभएको दाबी गरे ।

‘साँच्चै ल्याएको चाहिँ १५ वटा राँगा हो । अरु कुरा त प्रधानमन्त्रीज्यू, प्रमाणित गर्नुपर्छ’ प्रचण्डले भने, ‘अरु कुन चाहिँ के प्रोजेक्ट छ?’

प्रधानमन्त्रीले भारतसँग भूमि सट्टापट्टाको विषय उठाउनु गलत भएको उनको भनाइ थियो ।

प्रधानमन्त्रीले भारतबाट के के ल्याएको जस्तो प्रचार गरेको तर नेपाललाई फाइदा हुने केही नभएको ओलीले बताए ।


क्लिकमान्डु