रास्वपा सांसदले प्रधानमन्त्री भारतबाट भैंसी चढेर आएको भनेपछि संसदमा हंगामा

161
Shares

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ केही समयअघि आफैंले उद्घाटन गरेरको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको सट्टा भैसी चढेर भारत भ्रमणबाट आएको चर्चा भइरहेको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिशिर खनालले भनेपछि संसदमा हंगामा भएको छ ।

प्रतिपक्षी सांसदले यसो भनिरहँदा सत्ता पक्षका सांसदहरुले आपत्ति जनाएका थिए ।

सत्ता पक्षले आफूहरुलाई प्रश्न गर्न नदिएको भन्दै विपक्षी सांसदहरुले होहल्ला गरेपछि सभामुख देवराज घिमिरेले भैसी चढेर आएको भन्ने शब्द रेकर्डबाट हटाउन भने ।

एमाले सांसद रघुजी पन्तले प्रधानमन्त्री स्वयंले रोष्ट्रमबाट भैंसीको प्रसंग निकालेको भन्दै त्यसलाई पनि हटाउन माग गरे ।