रेशम चौधरीलाई आम माफी दिनु अदालतमाथि बलमिच्याइँ: गगन थपा



काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले रेशम चौधरीलाई आम माफी दिएर सरकारले सर्वोच्च अदालतको आदेशको बलमिच्याइँ गरेको बताए ।

सोमवार ललितपुरमा आयोजित कार्यकर्ता भेला कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताए । उनले आवश्यक्ताका आधारमा निर्णय गर्ने भन्दा पनि सरकारले कानूनको शासन मान्नुपर्ने बताए । उनले नेपालको कानूनले कुनैपनि विषयमा अदालतले निर्णय गरिसकेपछि अदालतले गरेको अन्तिम फैसला कसुरका सन्दर्भमा सजाय मिनाहा हुन्छ की हुँदैन भनेर कानूनले बन्दोबस्त गरेको उल्लेख गर्दै कानूनको बन्दोबस्त गरुे भन्दा बाहिर कोही पनि जान नमिल्ने बताए ।

उनले सरकारलाई मन लाग्यो, सरकारले निर्णय ग¥यो, राष्ट्रपतिले सजाय मिनाहा गरिदिए भन्ने हिसावले मात्रै यसलाई लिन नहुने बताए । उनले यो राजाको शासन नभएकाले कसैको हुकुम नचल्ने बताए । उनले सरकार चलाउने कुरामा केही गाह्रो भयो भनेर प्रचलित कानूनलाई मिच्न नहुने बतए । उनले राष्ट्रहीत विपरित गरिने निर्णयले भविष्यमा आफैँलाई पछुतो हुने बताए । महामन्त्री थापाले रेशम चौधरीको बारेमा अदालतको पूर्ण पाठ नआइसकेको अवस्थामा अदालतलाई हेप्नुले जे गरेपनि हुन्छ भन्ने मानसिकता विकसित हुँदै गएको प्रमाणित भएको बताए । विधिको शासन वकालत गर्ने बेलामा सरकार परिवर्तन भएर केही फरक नपर्ने बताए ।

थापाको भनाइ जस्ताको त्यस्तै

मेरो परिवारको सदस्यलाई कानूनले समात्दा मलाई के लाग्छ, यो कानूनमा यस्तो नभइदिएको भए हुन्थ्यो भन्ने लाग्छ । मेरो परिवारको सदस्यलाई दण्ड नभइदिएको भए हुन्थ्यो भन्ने हुन्छ । तर कानूनको शासनले के भन्छ, कानूनको शासनले तपाईको इच्छा के छ ? तपाईको चाहना के छ ? तपाईको आवश्यक्ता के छ ? त्यसका आधारमा निर्णयहरु हुँदैनन् । त्यसको एउटा प्रक्रिया हुन्छ । नेपालको कानूनले कुनैपनि विषयमा अदालतले निर्णय गरिसकेपछि अदालतले गरेको अन्तिम फैसला कसुरका सन्दर्भमा सजाय मिनाहा हुन्छ की हुँदैन भनेर कानूनले बन्दोबस्त गरेको छ । त्यो कानूनको बन्दोबस्त भन्दा बाहिर कोही पनि जान पाइँदैन । आज सरकारलाई मन लाग्यो, सरकारले निर्णय गरिदियो, राष्ट्रपतिले सजाय मिनाहा गरिदिनुभयो, यो राजाको शासन होइन, यहाँ हुकुम चल्दैन । यो गणतन्त्र हो । गणतन्त्रमा केवल कानून मात्रै चल्छ । कानूनको शासन मात्रै हुन्छ । आज हामीलाई सरकार चलाउने कुरामा केही गाह्रो भयो भनेर हामीले प्रचलित कानूनलाई पनि मिचेर, थिचेर बलमिच्याँइ गरेर, दादागिरी देखाएर हामी कुनै निर्णय गर्छौं । अदालतको पूर्ण पाठ आएको छैन । हामी हतार हतार निर्णय गर्छौं भने त्यसको अर्थ के हो ? हामीले अदालतलाई हेप्यौँ । हामीले बलमिच्याइँ ग¥यौँ । हामीले जे गरेपनि हुन्छ भन्ने सोच्यौँ । हामीलाई अफ्ठ्यारो परेको बेलामा यस्ता कुरा चल्छन् भन्ने सोच्यौँ । तर नागरिकको ठाउँबाट हेर्दै गर्दा के देखिन्छ ? विधिको शासनको वकालत गर्दै गर्दा सरकार गए जान्छ, यस्ता सरकार गए जान्छन्, गएर केही पनि हुँदैन । अर्को सरकार बन्छ । केही फरक पर्दैन । त्यो काँग्रेस जसले मर्ला सत्ता चाहिँदैन, मलाई सिद्धान्त प्यारो छ भनेर ३० वर्ष पञ्चायतसँग संघर्ष ग¥यो । त्यो काँग्रेस जुन ज्ञानेन्द्र शाहले गराएको निर्वाचनमा म जान्न भन्यो, चुनावमा अस्ति भर्खर २०६० सालमा होइन ? मेयर, उपमेयर, वडा अध्यक्ष बन्दैन थियौँ, हामी यो चुनावमा भाग लिँदैनौँ किनकी यो चुनाव चुनाव होइन भन्यो । त्यो काँग्रेसको इमेज अहिले के भयो ? काँग्रेसका लागि सरकार सबै कुरा हो । काँग्रेसका लागि सत्ता सबैकुरा हो । सत्ताका लागि हामी सबै कुरा गर्छौं भन्ने जुन इमेज बन्यो, आज निराशाको मुल कारण यही हो । गल्ती जहाँबाट भएको सच्याउने काम त्यहीँबाट गर्नुपर्छ । अरु बैठकमा फरक मत राखियो, पार्टीको बहुमतको निर्णय भनेर मानियो तर अब मानिन्न, लडिन्छ, नेपाली काँग्रेस पार्टीले त्यहीँबाट शुरु गर्छ, पार्टीले गरेको गल्ती स्वीकार्दै आम जनतासँग माफी माग्दै आम पार्टीका सदस्यसँग माफी माग्दै यो काँग्रेस पार्टीले घोषणा गर्छ, यो काँग्रेसले अब जीवनमा चुनाव हारे हारिन्छ, दुई, तीन पटक हारे हारिन्छ, तर चुनावअघि जीवनमा कहिल्यै गठबन्धन गर्दैन । सडकमा बस्नुपरे बस्नुपर्ला । तर गल्ती गर्दैन ।


क्लिकमान्डु