कुमारी बैंकले संस्थापक समूहको १४ लाख ८३ हजार कित्ता सेयर बेच्दै



काठमाडौं । कुमारी बैंकले झन्डै १५ लाख कित्ता संस्थापक सेयर बिक्री गर्ने भएको छ । बैंकले साविक नेपाल क्रेडिट एन्ड कमर्स बैंक (एनसीसी) को संस्थापक समूहको १४ लाख ८३ हजार ३७८ कित्ता सेयर बिक्री गर्ने भएको छ ।

बैंकले सेयरको न्यूनतम मूल्य प्रतिकित्ता ११० रुपैयाँ तोकेको छ । सेयर खरिद गर्न जेठ १९ सम्ममा आवेदन दिनुपर्नेछ । बैंकले सेयर बिक्री प्रबन्धकमा सनराइज क्यापिटललाई तोकेको छ ।


क्लिकमान्डु