सिटिजन्स र जर्मनीको केएफडब्लू बैंकबीच ३५ लाख यूरो पुनर्कर्जा लगानी गर्ने समझदारीमा हस्ताक्षर



सिटिजन्स बैंक र जर्मनीको केएफडब्लू डेभलपमेण्ट बैंकबीच ३५ लाख यूरो पुर्नकर्जा लगानी गर्ने सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले नेपालको ग्रामीण क्षेत्रमा लघु, घरेलु तथा साना उद्यम व्यवसाय प्रबर्धनका लागि जर्मन स्थित, के.एफ.डब्लू डेभलपमेण्ट बैंक र नेपाल राष्ट्र बैंक बीच सस्टेनेबल इकोनोमिक डेभलपमेन्ट इन रुरल एण्ड सेमी अर्वान एरिया–एमएसएमई फाइनान्स फेज ३” अन्र्तगत यूरो ३५ लाख पुनरकर्जा र यूरो ५ लाख बराबरको प्रावधिक सहयोग प्रदान गर्ने समझदारी पत्रमा हस्ताक्षर गरेको छ ।

स्थापनाकाल देखिनै आफ्नो लगानीको प्रथामिकता लघु, घरेलु तथा साना उद्यम व्यवसाय कर्जामा गर्दै आएकोे बैंकलाई केएफडब्लू डेभलपमेण्ट बैंकले एसईडीआरए ३ प्रोजेक्टमा समझदारीको लागि नेपालमा सञ्चालित बैंक तथा वित्तीय सस्ंथा मध्ये बाट चयन गरेको हो ।

नेपालसंग जर्मन वित्तीय सहयोग परियोजना अन्र्तगत केएफडब्लू डेभलपमेण्ट बैंक, जर्मनीले नेपाल राष्ट्र बैंकसंगको समझदारीमा नेपालमा सञ्चालित बैंक तथा वित्तीय सस्ंथालाई लघु, घरेलु तथा साना उद्यम व्यवसाय प्रबर्धनका लागि पुनरकर्जा प्रदान गर्दै आइरहेको छ ।

हरेक नेपालीलाई उद्यमशील बनाई नेपालको अर्थतन्त्र दीगो रुपान्तरण गर्नका लागि लघु, घरेलु तथा सानाउद्यम क्षेत्रको विकाश हुनु पर्छ भन्ने मूलमन्त्रलाई स्थापनाकाल देखि नै स्वीकार गर्दै आएको बैंकले उक्तशिर्षक अन्तर्गत हालसम्म २१,५२६ व्यवसायलाई २५ अर्ब रुपैयाँ बराबरको कर्जा प्रदान गरेको छ ।

यस मध्ये २८८२ महिला व्यवसायीलाई व्यवसायको सुरक्षणमा सहुलियत व्याजदरमा रु २ अर्ब बराबरको कर्जा प्रदान गरेको छ । यस कर्जाको मदतले नेपालमा महिलालाई उद्यमशील बनाई महिला सशक्तिकरणमा टेवा पू¥याएको विश्वास लिएको बैंकले जनाएको छ ।

यसका साथै सिटिजन्स लघुवित्त कर्जा तथा बचत योजना अन्तर्गत नेपालका ग्रामीण भेगका मध्यम तथा विपन्नवर्ग परिवारका महिलालाई लक्षित गरी सामूहिक जमानीको आधारमा हाल सम्म ५४९२ मध्यम तथा विपन्नवर्ग परिवारलाई व्यवसाय गर्न ७६ करोड कर्जा प्रवाहगरि सकेको छ ।

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएकाआफ्ना १८२ वटा शाखा, ३ वटा विस्तारित काउण्टर, १३९ वटा ए.टि.एम., ६ वटा कियोस्क सेवा र ९७ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट करिव १५ लाख ६५ हजार ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदानगर्दै आएको छ ।


क्लिकमान्डु