सांग्रिला डेभलपमेन्ट बैंकले साइकल र्‍याली आयोजना गर्ने



काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले विश्व वातावरण दिवसको अवसर पारेर जेठ २० गते साइकल र्‍याली आयोजना गर्ने भएको छ । बैंकले डेभलपमेन्ट बैंकर्स एसोसिएसन नेपालसँगको सहकार्यमा साइकल र्‍याली गर्न लागेको हो ।

बैंकले गत वर्ष पनि वातावरण दिवसका दिन बृहत साइकल र्‍याली आयोजना गरेको थियो । ‘इन्धन जोगाऔं, पृथ्वी बचाऔं’ भन्ने मूल नाराका साथ दोस्रो ‘साइकल र्‍याली २०८०’ आह्वान गरिएको बैंकले जनाएको छ ।

साइकल र्‍यालीमा बैंकका कर्मचारी, गाहक, सेयरधनी, शुभेच्छुकलगायतको सहभागिता रहने बैंकको विश्वास छ ।

साइकल र्‍याली जेठ २० गते शनिबार बिहान ७ बजे बैंककै बालुवाटारस्थित केन्द्रीय कार्यालयको प्रांगणबाट सुरु भई करिब १० किलोमिटर यात्रापश्चात सानो गौचरणमा सम्पन्न हुनेछ ।

साइकल र्‍यालीबाट सांग्रिला डेभलपमेन्ट बैंकले वातावरण प्रवर्धनप्रतिको उत्तरदायित्वलाई आत्मसात् गर्दै इन्धनको मितव्ययिता एवं साइकल जस्तो वैकल्पिक यातायातको साधनको प्रयोग गरी प्रदूषण नियन्त्रणमा टेवा पुर्‍याउने विश्वास लिएको छ ।

र्‍यालीमा सहभागी स्वयंले साइकल एवं अन्य आवश्यक उपकरणको व्यवस्था गर्नुपर्नेछ । र्‍यालीमा सम्पूर्ण सहभागीलाई वातावरण दिवसको चिनो स्वरुप बिरुवा प्रदान गरिनेछ ।

त्यसैगरी, र्‍यालीमा नाम दर्ता गर्ने पहिलो ३ सय जनालाई टिसर्टको व्यवस्था गरिएको छ भने ‘लक्की ड्र’ बाट एक जना भाग्यमानी सहभागीलाई साइकलसमेत वितरण गरिनेछ ।


क्लिकमान्डु