आइएमई पे मार्फत एयरलाइन्स टिकट काट्दा १२५+ क्यासब्याक



काठमाडौं । आइएमई डिजिटल सोलुसन लिमिटेडको ‘आइएमई पे’मार्फत विभिन्न एयरलाइन्सको टिकट काट्दा सेवाग्राहीले अब १२५+ क्यासब्याक पाउने भएका छन् ।

आइएमई पेमार्फत टिकट काट्ने ग्राहकले एयरलाइन्स कम्पनीबमोजिमको ७५ रुपैयाँ वा त्योभन्दा बढी क्यासब्याक पाउनुका साथै आइएमई पेको ‘BONUS’ नामक प्रोमोकोड प्रयोगमा थप ५० रुपैयाँ गरी कम्तीमा १२५+ वा सोभन्दा बढी क्यासब्याक पाउन सक्नेछन्।

उक्त प्रोमोकोड जेठ ७ देखि असार ६ सम्म प्रत्येक ग्राहकले एकपटक मात्र प्रयोग गर्न पाउनेछन् ।

नेपालको पहिलो भुक्तानी सेवाप्रदायक आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवर्द्धित आइएमई पे मोबाइल वालेट एप एक विद्युतीय भुक्तानी सेवा प्रदायक हो ।


क्लिकमान्डु