गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थलमा पार्किङ सञ्चालनका लागि ठेक्का आह्वान



काठमाडौं । गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थलमा पार्किङ सञ्चालनका लागि ठेक्का आह्वान भएको छ ।

विमानस्थलमा रहेको पार्किङ क्षेत्रमा तीन वर्षका लागि सवारी साधन पार्किङ गरेको रकम उठाउने प्रयोजनका लागि ठेक्का आह्वान गरिएको हो ।

मंगलबार विमानस्थलको कार्यालयले सूचना प्रकाशित गर्दै अन्तराष्ट्रिय टर्मिनल तथा आन्तरिक टर्मिनलतर्फ रहेको सवारी विसान क्षेत्र (पार्किङ) सञ्चालनका लागि ठेक्का आह्वान गरेको जनाएको छ ।

सूचनाकाअनुसार ११ हजार ३७५ वर्गमिटर क्षेत्रफलमा पार्किङ रहने छ ।

उक्त ठेक्का तीन वर्षका लागि न्युनतम ठेक्का रकम १ करोड ६१ लाख ४१ हजार ६०८ रुपैयाँमा हुने जनाइएको छ ।

सूचना प्रकाशित भएको मितिले ३० दिनभित्र बोलपत्र खरिद गर्न सकिने र ३१ औं दिनमा दिउँसो १२ बजेभित्र बोलपत्र दाखिला गर्न सकिने छ ।


क्लिकमान्डु