मुक्तिनाथ विकास बैंकका ग्राहकलाई कपाल प्रत्यारोपण लगायतको सेवामा ४५% सम्म छुट



काठमाडौं । मुक्तिनाथ विकास बैंक लिले आफ्ना भिषा डेविट कार्डवाहक तथा मोबाइल बैंकिङ्ग ग्राहकलाई थप सेवा दिन काठमाडौंको विशालनगरमा स्थित ‘अरोगिन हेल्थ केयर प्रालिसँग छुट प्रदान गर्ने गरी सम्झौता गरेको छ ।

यस सम्झौता पश्चात मुक्तिनाथ विकास बैंकका भिषा डेविट कार्डवाहक तथा मोबाइल बैंकिङ्ग ग्राहकहरुले अरोगिन हेल्थ केयरमा विभिन्न सेवा सुविधाहरुमा विशेष ४५% सम्म छुट प्राप्त गर्न सक्ने बैंकले जनाएको छ ।

अरोगिन हेल्थ केयरले प्रदान गर्ने सेवाहरुमा कपाल प्रत्यारोपण, कपाल झर्ने समस्याको उपचार लगायत छाला, दाँत सम्बन्धी समस्याको हेरचाह सँगै अन्य विभिन्न सुविधाहरु रहेको छ ।

साथै, बैंकले डिजिटल कारोबारलाई प्रोत्साहन गर्न यस विकास बैंकको एटीएम प्रयोग गरी नेपालभरी रहेको भिजा नेटवर्कमा आवद्ध अन्य जुन सुकै बैंकको एटीएमबाट निशुल्क रकम झिक्न सकिने व्यवस्था गरेको छ ।


क्लिकमान्डु