ऋणपत्र निष्कासन गर्दै लुम्बिनी विकास बैंक, कति पाइन्छ ब्याज ?



काठमाडौं । लुम्बिनी विकास बैंकले १० वर्ष अवधिमा लागि १ अर्ब रुपैयाँको ऋणपत्र निष्कासन गर्ने भएको छ ।

बैंकले प्रतिइकाई १ हजार रुपैयाँका दरले १० लाख इकाई ऋणपत्र निष्कासन गर्न लागेको हो । जसमा ६ लाख इकाई बैंकले आफै विभिन्न संघसंस्थालाई बिक्री गर्ने भएको छ भने ४ लाख इकाई सर्वसाधारणका लागि निष्कासन गर्ने भएको छ । सामूहिक लगानी कोषका लागि २० हजार इकाई छुट्याइएको छ । ३ लाख ८० हजार कित्तामा सर्वसाधारण लगानीकर्ताले आवेदन दिन सक्नेछन् ।

‘११% एलबीबीएल डिबेन्चर २०८९’ जारी गर्न लागेको बैंकले वार्षिक ११ प्रतिशत ब्याज दिने भएको छ । ऋणपत्रको बैंकको मुद्दति निक्षेपमा भन्दा बढी ब्याज पाइने छ । हाल बैंकहरुले मुद्दति निक्षेपमा ९.९९ प्रतिशत ब्याज दिने गरेका छन् ।

यसको अवधि १० वर्ष रहेको छ । ऋणपत्रमा जेठ १६ गतेदेखि १९ गतेसम्म आवेदन दिन सकिने छ । उक्त अवधिमा माग अनुसार आवेदन नपरेमा जेठ ३० गतेसम्म आवेदन दिन सकिने छ । ऋणपत्रमा न्यूनतम २५ देखि अधिकतम १ लाख इकाईसम्म आवेदन दिन सकिनेछ ।

ऋणपत्रमा सी–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र मेरो सेयरमार्फत अनलाइनबाट आवेदन दिन सकिनेछ । यसको बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिङ रहेको छ ।


क्लिकमान्डु