२०८० को दशक ‘नेपाल भ्रमण दशक’



काठमाडौं । सरकारले २०८० को दशकलाई नेपाल भ्रमण दशकको रुपमा मनाउने भएको छ ।

सरकारका तर्फबाट आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम सार्वजनिक गर्दै राष्ट्रपति पौडेलले २०८० को दशकलाई नेपाल भ्रमण दशकको रुपमा मनाउने घोषणा गरेका हुन् ।

यस्तै सरकाले सन् २०२५ लाई विशेष पर्यटन वर्षको रुपमा मनाउने भएको छ ।

नेपाललाई सबैका लागि सधैंका लागि पर्यटकीय गन्तव्य बनाउने र  आन्तरिक तथा बाह्य पर्यटन पर्वधन कार्यक्रम सञ्चालन गरिने नीति तथा कार्यक्रममा उल्लेख छ ।

यसअघि सरकारले २० लाख विदेशी पर्यटक ल्याउने गरी सन् २०२० लाई नेपाल भ्रमण वर्ष मनाउने घोषणा गरे पनि कोरोना महामारीले उक्त कार्यक्रम प्रभावकारी हुन सकेको थिए ।

यसअघि सरकारले सन् २०११ र सन् १९९८ मा पनि भ्रमण वर्ष मनाएको थियो ।


क्लिकमान्डु