शाहसिक पर्यटन प्रवर्धन गर्ने सरकारको नीति



काठमाडौं । सरकारले शाहसिक पर्यटनको नयाँ क्षेत्र प्रवर्धन गर्ने नीति लिएको छ ।

सरकारका तर्फबाट आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले चलचित्र पर्यटनको विकास र विस्तार गर्ने नीति सरकारले लिएको घोषणा गरे ।

सकरारले अन्तर्राष्ट्रिय चलचित्र छायांकनका लागि आकर्षक ठाउँको प्रचारप्रसार गर्ने भएको छ ।

यस्तै अन्तराष्ट्रिय स्तरमा चर्चित तथा लोकप्रिय व्यक्तिलाई आमन्त्रण गरी पर्यटक क्षेत्रको प्रवर्धन गर्ने सरकारको नीति छ ।

अन्तर्राष्ट्रिय क्षेत्रमा नेपालको कला साहित्य पर्यटन प्रवर्धनमा टेवा पुर्‍याउने विदेशी नागरिकलाई सरकारले निजी क्षेत्रको सहकार्यमा सगरमाथा विशेष सम्मान गर्ने भएको छ ।


क्लिकमान्डु