आफैं प्रहरीमा गएका पूर्वसांसद शेर्पा बाथरूममा लडे, टाउकोमा चोट



काठमाडौं । आफैं प्रहरी कार्यालय पुगेका पूर्वसांसद समेत रहेका नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका आङटावा शेर्पाको टाउकोमा चोट लागेको छ । उक्त प्रकरणमा मुछिएपछि सोमबार उनी जिल्ला प्रहरी परिसर काठमाडौं पुगेका थिए ।

परिसर प्रवक्ता एसपी सीताराम रिजालका अनुसार राति बाथरूम जाँदा लड्दा उनको टाउकोमा चोट लागेको छ । चोट लागेपछि उपचारको लागि उनलाई रातिनै वीर अस्पताल लगेर ल्याइएको थियो । उनीसँग सोधपुछको काम नसकिएको प्रहरीले जनाएको छ ।

शेर्पा २०७० को संविधान सभामा नेपाली कांग्रेसबाट सभासद थिए ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वमन्त्रीहरु बालकृष्ण खाण, टोपबहादुर रायमाझी लगायत १४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।


क्लिकमान्डु