टोपबहादुर रायमाझी सांसदबाट पनि निलम्बित



काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका एमाले सांसद टोपबहादुर रायमाझी प्रतिनिधि सभा सदस्यबाट निलम्बित भएका छन् ।

सभामुख देवराज घिमिरले संसद बैठकमा सोमबार रायमाझीलाई सांसदबाट निलम्बन गरिएको जानकारी पढेर सुनाएका थिए ।

प्रहरीले रायमाझीलाई गएराति बूढानीलकण्ठ पासिकोटबाट पक्राउ गरेको थियो । पक्राउ गरेको सूचना संसद् सचिवालयमा पुगेपछि रायमाझी सांसदबाट निलम्बनमा परेका हुन् ।

यसअघि वैशाख २७ गते उनको दल नेकपा एमालेले पार्टी सचिवबाट निलम्बन गरेको थियो ।
पक्राउ पुर्जी जारी भएपछि उनी दिन फरार भएका थिए । यो प्रकरणमा टोपबहादुरका छोरा सन्दीप पनि पक्राउ परेका छन् ।


क्लिकमान्डु