खाणको बयान सकिएन, भोलि पनि हुने



काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न रहेको आरोपमा पक्राउ परेका पूर्वगृहमन्त्री बालकृष्ण खाणसँग जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले बयान लिएको छ ।

आज लिएको बयान नसकिएकाले भोलि पुन: बयान लिने कार्यालयले जनाएको छ ।

सरकारको वकिलको कार्यालयले यो मुद्दामा अनुसन्धान सकेर भोलिसम्ममा फाइल तयार गर्न पनि प्रहरीलाई भनेको छ ।

ठगी, संगठित अपराधलगायतका विभिन्न मुद्दामा अनुसन्धान गरिरहेको जिल्ला प्रहरी परिसर काठमाडौंले अनुसन्धान नसकिएको भन्दै समय मागेपछि जिल्ला अदालतले हिजो मात्रै उनलाई थप ४ दिन थुनामा राख्न अनुमति दिएको थियो ।

सचिव टेकनारायण पाण्डे पक्राउ परेपछि खाण पक्राउ परेका थिए ।

यो प्रकरणमा पूर्व उपप्रधानमन्त्री तथा सांसद टोपबहादुर रायमाझीसहित, सचिव टेकनारायण पाण्डे, पूर्व गृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार इन्द्रजित राई लगायत १४ जना पक्राउ परेका छन् ।


क्लिकमान्डु