रायमाझीलाई सरकारी वकिलको कार्यालय लगियो



काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका एमाले सचिव एवं पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीलाई प्रहरीले सरकारी वकिलको कार्यालयमा लगेको छ ।

काठमाडौंको बूढानीलकण्ठबाट पक्राउ परेका रायमाझीलाई अनुसन्धानका लागि म्याद थप गर्न काठमाडौं जिल्ला अदालतमा पेस गरिएको हो ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा रायमाझी र उनका छोरा सन्दीपविरुद्ध वैशाख २० गते पक्राउ पुर्जी जारी भएको थियो । सन्दीप त्यही दिन पक्राउ परे भने रायमाझी फरार थिए । उनी आइतबार पक्राउ परेका हुन् ।

अदालतले म्याद दिएपछि रायमाझीमाथि प्रहरीले थप अनुसन्धान अघि बढाउनेछ । ठगी गर्ने गिरोहलाई सहज हुने गरी नीतिगत निर्णय गराउन भूमिका खेलेको आरोप रायमाझीमाथि छ ।


क्लिकमान्डु