कांग्रेस नेतृ आरजुले भनिन्- पैसा दिने एउटा मान्छे देखाउनुहोस्



काठमाडौं । नक्कली भुटानी शरणार्थीका नाममा पैसा बुझाएको एक मात्र मान्छे ल्याउन कांग्रेस नेतृ आरजु राणा देउवाले चुनौती दिएकी छन् ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा लहरो तानेर पुग्ने ठाउँचाहिँ आरजु राणा देउवा नै हो भन्ने प्रस्तोताको प्रश्नमा उनले भनिन्, ‘हेर्नुस्, एउटा मान्छे मलाई देखाउनुस्, जसले चाहिँ आरजु देउवालाई मैले पैसा दिएर काम गराएँ भन्ने ।’

त्यस्तो मान्छे कोही अगाडि ल्याए, गल्ती स्वीकार्ने उनको प्रस्टोक्ति छ । कांग्रेस सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको शक्तिको आडमा आफूले पदीय दायित्व नबिर्सिएको राणाले स्पष्ट पारिन् ।

आफूले कतैकहीँ पदीय दायित्व दुरुपयोग नगरे पनि आफ्नो नाममा धेरैले बदमासी गरेको र त्यसको असर आफूलाई परिरहेको उनले बताइन् ।

‘यो मुद्दालाई नेपाल प्रहरीले मात्रै नहेरेको र अन्तर्राष्ट्रिय समुदायको पनि ध्यानाकृष्ट भएको छ,’ उनले भनिन्, ‘यसमा संलग्न कसैलाई छाडिनु हुँदैन ।’


क्लिकमान्डु