प्रधानमन्त्रीले बोलाएको बैठक बालेनद्वारा वहिष्कार



फाइल तस्बिर

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उपत्यकाको फोहोर व्यवस्थापनसम्बन्धी छलफलका लागि बोलाएको बैठक काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र शाहले बहिष्कार गरेका छन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा मुख्यसचिवसहित अर्थ, भौतिक पूर्वाधार तथा यातायात, सहरी विकास, संघीय मामिला तथा सामान्य प्रशासन सचिव, स्वास्थ्य मन्त्री र सचिव, बागमती प्रदेशका मुख्यमन्त्री, नुवाकोट र धादिङका संघ, प्रदेश र स्थानीय तहका जनप्रतिनिधि र उपत्यकाका काठमाडौं, ललितपुर र भक्तपुरका मेयर तथा प्रशासकीय प्रमुखलाई डाकिएको बैठकमा बालेन नगएका हुन् ।

बैठकमा सिसडोल र आसपासका सरोकारवाला नागरिक अगुवाको उपस्थिति थियो तर बालेन थिएनन् । काठमाडौं महानगरका तर्फबाट आफूले सुरु गरेको अभियानमा संघीय सरकारले साथ नदिएको भन्दै उनले केही समयअघि फोहोर आन्दोलन गरेका  थिए । सर्वोच्च अदालतको आदेशपछि दुई सातापछि मात्र उनले फोहोर उठाएका थिए ।

काठमाडौं महानगरका तर्फबाट प्रमुख प्रशासकीय अधिकृत भने बैठकमा सहभागी थिए ।


क्लिकमान्डु