प्रधानमन्त्री प्रचण्ड र लामिछानेबीच भेटवार्ता, के भयो कुराकानी ?



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेबीच भेटवार्ता भएको छ । शुक्रबार बिहान सभापति लामिछाने प्रधानमन्त्री प्रचण्डलाई भेट्न बालुवाटार पुगेका थिए ।

प्रधानमन्त्रीसँगको भेटमा लामिछानेले भ्रष्टाचारविरुद्ध सशक्त भएर अघि बढ्न आग्रह गर्दै नक्कली भुटानी शरणार्थी प्रकरणमा सरकारको कदमलाई धन्यवाद दिए ।

भ्रष्टाचारविरूद्धको अभियानलाई सबै दल मिलेर निष्कर्षमा पुर्‍याउनुपर्ने उनको भनाइ थियो । पुराना फाइल खोतल्दै भ्रष्टाचार निवारणमा अघि बढ्न लामिछानेले सुझाव दिएका छन् ।

प्रधानमन्त्रीले सरकारको काममा सहयोग गर्न लामिछानेसँग आग्रह गरेका थिए । रास्वपाले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि पहिलोपटक प्रधानमन्त्रीसँग लामिछानेको भेटवार्ता भएको हो ।


क्लिकमान्डु