आरजु लङ्ग्रेन चामल बजारमा



काठमाडौं । बुध्द एयरका प्रवन्ध निर्देशक वीरेन्द्रबहादुर बस्नेतले सञ्चालन गरेको राइस मिलले उत्पादन गरेको आरजु राइसमिलको चामल बिहीवारदेखि बजारमा ल्याएको छ ।

बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै राइस मिलले उत्पादन गरको लङ्ग्रेनका चामल सार्वजनिक गरेको हो । मिलका सञ्चालक बस्नेतले किसानले उत्पादन गरेको धानको न्यूनतम मूल्य तोकी धान प्राप्त भएको दुई दिनमा नै रकम भुक्तानी गर्ने बताए ।

किसान र उपभोक्ताबीचको दूरी नजिक बनाउनको लागि राइस मिलले काम गरेको उनले बताए । राइस मिलमा निफन्नेदेखि,सुकाई र भण्डारसम्म रहेको उनको भनाइ छ ।

मिलले दुई सिजनमा १० करोड रुपैयाँसम्म किसानलाई भुक्तानी गरेको बताए । अहिले ४ हजार विघाका किसानहरु आवद्ध भएको र अझ बढ्ने क्रम रहेको उनको भनाइ छ ।

मिलले नेपाली किसान भन्दा अन्य किसानको धान खरिद नगर्ने बस्नेतले बताए । अबको खेतीकिसानी निर्वाहमुखी नभएर व्यवसायिकरण र आम्दानीमुखी बनाउन मिलले योगदान गर्ने उनले बताए । नेपालमा उत्पादन भएको उत्कृष्ट लामो रामधानलाई प्रशोधन गरेर लङ्ग्रेन चामल बजारमा ल्याएको बस्नेतले बताए ।

आरजु लङग्रेन चामल काठमाडौं लगायतका बजारमा प्रतिकेजी १३० रुपैयाँ पर्ने उनले जानकारी दिए ।


क्लिकमान्डु