भ्रष्टाचार गरेको थाहा पाउनेबित्तिकै छानबिन गरेर कारबाही गरिनुपर्छ: ओली



काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भ्रष्टाचार गरेको थाहा पाउनेबित्तिकै छानबिन गरेर कारबाही गरिनुपर्ने बताएका छन् ।

पार्टी केन्द्रीय कार्यालय च्यासलमा बिहीबार केन्द्रीय समिति बैठकको सुरुवात गर्दै ओलीले त्यस्तो कारबाही निष्पक्ष ढंगबाट हुनुपर्ने बताए ।

भ्रष्टाचारलाई निष्पक्ष ढंगले छानबिन गरेर दृढतापूर्वक दोषीमाथि कारबाही गर्ने कुरा छाडेर कसरी, कसलाई तेजोवद गर्न सकिन्छ भन्ने गरि अघि बढ्न नहुने उनको भनाइ छ ।

पछिल्लो समय गणतन्त्रमा भ्रष्टाचार भएको राजतन्त्रमा भ्रष्टाचार हुँदैन भन्ने भाष्य बनाउन खोजिएको भन्दै ओलीले जुनसुकै व्यवस्थामा पनि भ्रष्टाचार हुन सक्ने बताए ।

‘कसैले यसलाई यही दिन देख्नका लागि गणतन्त्र ल्याउन परेको थियो भन्ने अभिव्यक्ति। गणतन्त्रमा भ्रष्टाचार हुन्छ, राजतन्त्रमा भ्रष्टाचार हुँदैन भन्ने भाष्य अर्को ढंगबाट स्थापित गर्न खोजिएको छ। जुनसुकै प्रणालीमा पनि भ्रष्टाचार हुन सक्छ,’ उनले भने, ‘भ्रष्टाचार गरेमा थाहा पाउनेबित्तिकै छानबिन गरेर कारबाही गर्नुपर्छ ।’

भ्रष्टारविरुद्ध बोल्यो भने विपक्षीको मुख थुन्ने र उसलाई आतंकित बनाउने उसलाई कारबाहीको धम्की दिने काम गर्न नहुने उनले बताए ।


क्लिकमान्डु