कांग्रेस पदाधिकारी बैठक बस्दै, खाण पार्टीबाट निलम्बित होलान् ?



काठमाडौं । कांग्रेस पदाधिकारी बैठक बस्दैछ । बिहीबार दिउँसो २ बजे पार्टी सभापति शेरबहादुर देउवाको निवास धुम्बाराही बैठक बस्न लागेको हो ।

बिहीबारको बैठकमा नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका पार्टी केन्द्रीय सदस्य बालकृष्ण खाणका विषयमा छलफल हुने बताइएको छ । खाणलाई पार्टीबाट निलम्बन गर्ने विषयमा हिजोको शीर्ष नेताहरुको बैठकमा छलफल भए पनि कुनै टुंगो भएको थिएन ।

खाणलाई अनुसन्धानका लागि प्रहरीले बुधबार मैजुबहालस्थित निवासबाट पक्राउ गरेको थियो । उनलाई ३ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको थियो ।

हिरासतमा रहेका नेपाल सरकारका सचिव पाण्डेले नाम लिएको र उनीविरुद्धको बलियो प्रमाण रहेको भन्दै प्रहरीले पूर्वगृहमन्त्री खाणलाई प्रक्राउ गरेको जनाएको छ ।


क्लिकमान्डु