पूर्वगृहमन्त्री खाणलाई ४ दिन हिरासतमा राख्न अदालतको अनुमति



काठमाडौं । कांग्रेस नेता एवं पूर्वगृहमन्त्री बालकृष्ण खाणलाई ४ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका उनलाई अनुसन्धानका लागि खाणलाई जिल्ला अदालत काठमाडौंले बुधबार यस्तो अनुमति दिएको हो ।

खाणलाई प्रहरीले बुधबार चावहिलस्थित निवासबाट पक्राउ गरेको थियो । बुधबार नै उनका स्वकीय सचिव नरेन्द्र केसीसमेत पक्राउ परेका छन् ।


क्लिकमान्डु