भुटानी शरणार्थी प्रकरणमा आफ्नो नाम जोडिएको अडियो छानबिन गर्न माग गर्दै आरजुले दिइन् प्रहरीमा निवेदन

595
Shares

काठमाडौं । नेपाली कांग्रेसकी नेतृ एवं प्रतिनिधि सभा सदस्य डा.आरजु राणा देउवाले नक्कली भुटानी शरणार्थी प्रकरणमा आफ्नो नाम जोडेर आएको अडिओबारे छानबिन गर्न प्रहरी समक्ष निवेदन दिएकी छन् ।

अडियो फेक भएको दाबीसहित उनले छानबिन गरी दोषीलाई कारबाही गर्न प्रहरीको साइबर ब्युरोमा निवेदन दिएकी हुन् ।

‘विभिन्न सञ्चार माध्यामहरुमा सार्वजनिक गरिएको मेरो कुनै सरोकार र जानकारी नै नभएको नक्कली भुटानी शरणार्थीका सम्बन्धमा मेरो समेत नाम जोडी कुराकानी गरिएको अडियो रेकर्ड कहाँ, कसरी, कसले र के उद्देश्यले रेकर्ड गरेका हुन्’, आरजुले भनेकी छन् ‘उक्त अडिओका बारेमा अत्याधुनिक प्रविधि प्रयोग गरी सत्य तथ्य ब्यहोरा तत्काल सार्वजनिक गर्दै दोषीमाथि कानुन अनुसार कडाभन्दा कडा कारबाही होस् भनी यो निवेदन पेश गरेको छु ।’