प्रचण्ड, शेरबहादुर र ओलीबीच भेटवार्ता



काठमाडौं । तीन दलका शीर्ष नेताहरु भेटवार्तामा जुटेका छन् । प्रधानमन्त्री पुप्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच सिंहदरबारमा भेटवार्ता भइरहेको हो ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा हाइ प्रोफाइल नै मुछिरहेका बेला बेला तीन दलका शीर्ष नेताहरु छलफलमा जुटेका हुन् ।

आजै मात्रै कांग्रेस नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाण पक्राउ परेका छन् भने एमाले सचिव टोपबहादुर रायमाझी पक्राउ पूर्जी जारी भएपछि फरार छन् । उनलाई एमालेले आजै निलम्बन गरेको छ ।


क्लिकमान्डु