रविले प्रधानमन्त्री, गृहमन्त्री र प्रहरीलाई धन्यवाद दिँदै भने- यो शिलशिला कुनै हालतमा नरोकियोस्



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता बालकृष्ण खाण पक्राउ परेपछि प्रधानमन्त्री, गृहमन्त्री र नेपाल प्रहरीलाई धन्यवाद दिएका छन् ।

लामिछानेले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, गृहमन्त्री नारायणकाजी श्रेष्ठ र नेपाल प्रहरीलाई धन्यवाद दिएका हुन् । उनले यो शिलशिला रोकिन नहुने पनि बताएका छन्।

‘धन्यवाद नेपाल प्रहरी, धन्यवाद गृहमन्त्री ज्यू, धन्यवाद प्रधानमन्त्री ज्यू । यो शिलशिला नरोकियोस् । कुनै हालतमा नरोकियोस्,’ लामिछानेले सामाजिक सञ्जालमा लेखेका छन् ।

भुटानी शरणार्थी प्रकरणमा संलग्न रहेको आरोपमा खाण बुधबार बिहान पक्राउ परेका हुन् । पक्राउ परेका खाणलाई काठमाडौं जिल्ला प्रहरी परिसर काठमाडौं लगिएको छ ।

पक्राउ पुर्जी जारी भए पनि एमाले सचिव टोपबहादुर रायमाझी भने फरार छन् । यो प्रकरणमा अहिलेसम्म १० जना पक्राउ परिसकेका छन् ।


क्लिकमान्डु