टोपबहादुर रायमाझीको घरमा प्रहरीको छापा



काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा फरार रहेका एमाले नेतासमेत रहेका सांसद टोपबहादुर रायमाझीको घरमा प्रहरीले खानतलासी गरेको छ ।

ललितपुरको सातदोबाटोमा रहेको रायमाझीको घरमा मंगलबार खानतलासीका गरेको प्रहरीले जनाएको छ । खानतलासी अहिले पनि जारी छ ।

काठमाडौं जिल्ला अदालतबाट वैशाख २० गते पक्राउ पुर्जी जारी भएपछि रायमाझी फरार छन् । उनलाई पक्राउ गर्न जिल्ला प्रहरी परिसर काठमाडौंले ७७ वटै जिल्लामा पत्राचार गरेको छ ।

पक्राउ पुर्जी जारी हुँदा अर्घाखाँचीमा रहेका उनी काठमाडौं आएर अनुसन्धानमा सघाउने बताइरहेका थिए तर, त्यसपछि उनी सम्पर्कविहीन छन् । तर छोरा सन्दिपलाई भने प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीले अहिलेसम्म यो प्रकरणमा ८ जनालाई पक्राउ गरेको छ ।


क्लिकमान्डु