देशको अर्थतन्त्र सुदृढ छ : परराष्ट्रमन्त्री साउद



काठमाडौं । परराष्ट्रमन्त्री नारायणप्रसाद साउदले देशको अर्थतन्त्र सुदृढ रहेको बताएका छन् । शुक्लाफाँटा नगरपालिकाको वनसमितिमा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा उनले विदेशी मुद्राको सञ्चिति १०-१२ महिनाका लागि पुग्ने भएकाले आत्तिहाल्नुपर्ने अवस्था नरहेको तर्क गरे ।

देश श्रीलंका जस्तै हुन्छ भनेर हल्ला फिँजाइएको चर्चा गर्दै उनले वास्तविकता त्यस्तो नरहेको बताए । भूमिसम्बन्धी आयोगले निर्धारण गरेको जग्गाको राजस्व पुनरावलोकन गरिने उनको भनाइ छ ।

परराष्ट्रमन्त्री साउदले जग्गाको राजस्वको दर निकै उच्च रहेकाले घटाउनका लागि काम अगाडि बढाइने स्पष्ट पारे । आरक्ष विस्थापितको समस्या वर्षौंदेखि थाँती रहेकाले सामाधानका लागि सरकार प्रतिबद्ध रहेको उनले बताए ।

चौधर नदी नियन्त्रणका लागि चालू आवदेखि काम अगाडि बढ्ने तथा सनबोरा, स्याली र दोदा नदी नियन्त्रणका लागि योजनाबद्ध रुपमा काम अगाडि बढाइने उनले जानकारी गराए ।


क्लिकमान्डु