प्रधानमन्त्री दाहाल र रास्वपा सभापति रवि लामिछानेबीच भेटवार्ता, के भयो कुराकानी ?



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापित रवि लामिछानेबीच भेटवार्ता भएको छ ।

आइतबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेर लामिछानेले प्रधानमन्त्रीसँग भेटवार्ता गरेका हुन् ।

प्रधानमन्त्रीले लामिछानेलाई भेटेर उपनिर्वाचनमा विजयी भएकोमा बधाई दिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । दुई नेताबीच उपचुनाव, पछिल्लो राजनीतिक अवस्था लगायका विषयमा कुराकानी भएको जनाइएको छ ।

लामिछाने रास्वपाको केन्द्रीय समिति बैठक अघि प्रधानमन्त्रीलाई भेट्न पुगेकाले यो भेटलाई अर्थपूर्ण रुपमा लिइएको छ ।

प्रधानमन्त्रीले रास्वपालाई सरकारमा सहभागी गराउन पहल गरिरहँदा रास्वपाको केन्द्रीय समिति बैठक बस्न लागेको हो । बैठक सोमबारका लागि बोलाइएको छ ।


क्लिकमान्डु