सहकारीले घर जग्गामा लगानी गरेका कारण अहिले समस्या: मल्ल



काठमाडौं । राष्ट्रिय सहकारी महासंघकी वरिष्ठ उपाध्यक्ष एवं सहकारी समस्या समाधान संयोजन समितिकी संयोजक ओमदेवी मल्लले सहकारीले घर जग्गामामा गरेको लगानीका कारण अहिलेको समस्या आएको बताएकी छन् ।

सहकारीबाट कर्जा लिनेले घर जग्गा बेचेर ऋण तिर्छु भने पनि समयमा नबिकेका कारण कर्जा नउठेको उनको भनाइ छ ।

सरकारको सहयोग बिना सहकारी चल्न नसक्ने उनको भनाइ छ ।

सहकारी संस्था अहिले बढी भएको समयमा तल्लो तहमा अहिले पनि दर्ता हुने गरेको उनले बताइन् ।

मल्लले सरकारले सहकारी खोल्नु पूर्व सहकारी शिक्षा, तालिम दिनुपर्ने उनको भनाइ छ ।

राष्ट्रिय सहकारी बैंकका अध्यक्ष केबी उप्रेतिले सहकारीका समस्या मन्त्रालय, विभाग, मन्त्रिपरिषद, संसदले पूरा गर्न सक्ने बताए । समितिको १३ बुँदे माग पूरा नभए सबै जिल्लामा संघर्ष समिति बनाएर आन्दोलन गर्ने उनले बताए ।

सहकारी समस्या समाधान संयोजन समितिले माग सार्वजनिक गर्न आयोजना गरेको पत्रकारसम्मेलनमा
उनले जुन शीर्षकमा लगानी भए पनि सबै रकम घर जग्गामा गएको बताए ।

अहिले सहकारीमा भएको तरलताभन्दा बढी रकम बचत फिर्ता माग्न आउने क्रम रहेको उनले बताए ।

नेपाल बचत तथा ऋण सहकारी संघ नेफ्स्कुनका अध्यक्ष परितोष पौडेलले अहिले सहकारीमा वित्तीय स्थायित्व ल्याउनु चुनौतीपूर्ण भएको बताए ।

यसका लागि सरकार जागरुक हुनुपर्ने उनको भनाइ छ । १३ बुँदे माग पूरा भए अहिलेको समस्या समाधान हुने उनको दाबी छ ।


क्लिकमान्डु