२ अर्ब बढी रकम मुद्दती निक्षेपमा राख्दै राष्ट्र बैंक



काठमाडौं । नेपाल राष्ट्र बैंकले विभिन्न कोषमा भएको २ अर्ब १४ लाख रुपैयाँ मुद्दती निक्षेपमा राख्ने भएको छ । केन्द्रीय बैंकले विभिन्न कोषमा रहेको २ अर्ब १४ करोड रुपैयाँ १ वर्षका लागि मुद्दती निक्षेपमा राख्न लागेको हो ।

बैंकले २०८० जेठ ३ देखि २०८१ जेठ २ गतेसम्मका लागि उक्त रकम राख्न लागेको हो । जसमा बाणिज्य बैंकमा १ अर्ब ६० करोड १२ लाख रुपैयाँ, राष्ट्रिय स्तरका वाणिज्य बैंकमा ३० करोड २ लाख रुपैयाँ र राष्ट्रिय स्तरका वित्त कम्पनीमा १० करोड रुपैयाँ मुद्दती निक्षेमा राख्ने भएको छ ।

यसका लागि वैशाख १७ गते राति १२ बजेसम्म ब्याजदर प्रस्ताव गर्न सकिने छ । त्यसका लागि केन्द्रीय बैंकले शर्तहरु तोकेको छ।

उक्त रकम मुद्दती निक्षेपमा लिनका लागि बैंकबाट तोकिएको न्यूनतम पुँजीकोष कायम रहेको, कर्जा निक्षेपको अनुपात बैंकबाट तोकिएको सिमाभित्र रहेको हुनुपर्छ ।

यस्तै निष्कृय कर्जा कुल कर्जा सापतको ५ प्रतिशतभन्दा कम भएको, खुद तरल सम्पत्ति स्वदेशी निक्षेपको कम्तीमा २० प्रतिशत वा सो भन्दा बढी भएको हुनुपर्ने लगायतका शर्त रहेका छन् ।


क्लिकमान्डु