रवि लामिछानेले ५० हजार भोट कटाए, कांग्रेस एमाले उम्मेदवारले कति पाए ?



काठमाडौं । चितवन निर्वाचन क्षेत्र नम्बर २ को जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले ५० हजार भोट कटाएका छन् ।

आइतबार सम्पन्न उपनिर्वाचनको सोमबार दिउँसोबाट मतगणना भइरहेको छ ।

मतगणनाको पछिल्लो अपडेट अनुसार लामिछानेले ४० हजार २९ मत पाउँदा उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार जीत नारायण श्रेष्ठले ९ हजार १६५ मत पाएका छन् । तेस्रो स्थानमा एमाले उम्मेदवार रामप्रसाद न्यौपाने रहेका छन् । उनले ८ हजार ८७७ मत पाएका छन् ।

लामिछानेले निकटतम प्रतिद्वन्द्वीभन्दा ४० हजार ८६४ मत बढी पाएका छन् ।


क्लिकमान्डु