उपनिर्वाचन अपडेट: बारा २ मा फेरि उपेन्द्रको अग्रता



बारा । बारा २ मा जनता समाजवादी पार्टीका उम्मेदवार उपेन्द्र यादवले फेरि अग्रता बनाएका छन् ।

मतगणना जारी रहँदा यादवले निकटतम प्रतिद्वन्द्वी जनमत पार्टीका शिवचन्द्र कुशवाहाले भन्दा ८९ मतले अग्रता दिएका हुन् ।

यादवले १  हजार ३९० मत ल्याउँदा जनमतका कुशवाहाले १ हजार ३०१ मत पाएका छन् ।

एमालेका पुरुषोतम पौडेलले ६२९ मत ल्याएका छन् भने राष्ट्रिय स्वतन्त्र पार्टीका रमेश खरेलले २५९ मत प्राप्त गरेका छन् ।


क्लिकमान्डु