उपनिर्वाचन अपडेट: चितवन २ मा रवि लामिछानेले लिए अग्रता



चितवन । चितवन क्षेत्र नम्बर २ मा रवि लामिछानेले अग्रता बनाएका छन् ।

प्रारम्भिक गणनामा अग्रता लिएका नेकपा एमालेका उम्मेदवार रामप्रसाद न्यौपानेलाई लामिछानेले उछिनेका हुन् ।

लामिछानेले १ हजार १५५ मत प्राप्त गरेका छन् भने न्यौपानेले ६५५ मत पाएका छन् ।

नेपाली कांग्रेस तेस्रो स्थानमा पुगेको छ । कांग्रेसका जितनारायण श्रेष्ठले ५८८ मत ल्याएका छन् ।


क्लिकमान्डु