बारा २ उपनिर्वाचन अपडेट: जसपाका यादवलाई जनमतका कुशवाहाले पछि पारे
बारा । बारा क्षेत्र नम्बर २ मा जनता समाजवादी पार्टीका उम्मेदवार उपेन्द्र यादव पछि परेका छन् ।
प्रारम्भिक गणनामा अगाडि देखिएका यादवलाई सिके राउत नेतृत्वको जनमत पार्टीका उम्मेदवार कुशवाहाले उछिनेका हुन् ।
२ हजार ७४ मतगणना हुँदा यादवले ५७१ मत ल्याएका छन् भने कुशवाहाले ६२८ मत ल्याएका छन् ।
त्यस्तै नेकपा एमालेका पुरुषोत्तम पौडेलले ५ सय १० मत पाएका छन् ।
प्रारम्भिक नतिजाअनुसार बारा २ मा रास्वपा पछाडि छोडिने देखिएको छ । रास्वपा उम्मेदवार रमेश खरेलले २३६ मत पाएका छन् ।